जापानी समाचार

यस blog मा जापानमा भएको मुख्य समाचार, घटना जस्तो विभिन्न जानकारीबारे लेख्ने योजना छ।

अहिले थुप्रै नेपालीहरूले जापानमा आएका छन्। त्यसैकारण जापानी भाषा समेत जापानको बारेमा बेलाबेलामा लेख्न चाहन्छु।
आज चाहिं जापानी भाषा को अक्षर बारे लेख्नेछु।

जापानी भाषा

जापानी भाषामा ३ वटा किसिमको अक्षर प्रयोग गरिन्छ।

ひらがな(Hiragana)

एउटा चाहिं "Hiragana" भनिन्छ।
जस्तै「あ」、「い」、「う」、「え」、「お」
नेपरली भाषामा कसरि उच्चारण गर्छ भन्दा 
「आ」、「इ」、「उ」、「ए」、「ओ」हुन्छ कि?

カタカナ(Katakana)

अर्को अक्षर चाहिं "Katakana" भनिन्छ।
「ア」、「イ」、「ウ」、「エ」、「オ」
नेपरली भाषामा कसरि उच्चारण गर्छ भन्दा 
「आ」、「इ」、「उ」、「ए」、「ओ」हुन्छ कि?

"Hiragana" र "Katakana" को अक्षर चाहिं फरक भए तापनि उच्चारण तथा अर्थ एउटा हो।
त्यसोभए यी दुइटा अक्षर कसरि छुट्याएर प्रयोग गर्छ?
यास विषय चाहिं अर्को मौकामा लेख्न चाहन्छु।

漢字(Kanji)

तेस्रो अक्षर चाहिं "Kanji " हो।
"Kanji" चीनियाँ र जापानीमा प्रयोग गरिन्छ। तर दुइटा भाषाको "Kanji" चाहिं फरक छ।
भनेको के हो भन्ने कुरा उदाहरण दिन चाहन्हु।

「山」

"Kanji" चाहिं एउटा शब्दसँग "Onyomi" र "Kunyomi" भन्ने दुइटा उच्चारण छ।
「山」भन्ने शब्दको "Onyomi" चाहिं "सान" हुन्छ। अनि "Kunyomi" चाहिं "यामा" हुन्छ।
यस शब्दको अर्थ पहाडपर्वत, हिमाल हुन्छ।

अनि दुइवटा (कहिलेकहीं तिन वटा अथवा चार वटा पनि) "Kanji" मिलेर विभिन्न अर्थ दिन सकिन्छ।
 「高山」(उच्चारण : कोउजान)
यो 「高」भन्ने "Kanji" र 「山」भन्ने ”Kanji” जोडिएको छ।
「高」को अर्थ अग्लो हो। त्यसैले 「高山」भन्ने शब्दको अर्थ "अग्लो पहाड" हो।
「高山」लाई "Hiragana" र "Katakana" प्रयोग गरेर लेख्ने हो भने यसरी लेख्न सकिन्छ।
「こうざん」(Hiragana)
「コウザン」(Katakana)

प्रयास

यसरी "Kanji" प्रयोग गर्दा पढ्न र अर्थ बुझ्न सजिलो छ। तर यसको लागि "Kanji" कान्त गर्नु अवाशक छ।
अनि "Kanji" को संख्या धेरै भएकोले प्रयास चाहिन्छ।(प्राय प्रयोग गर्ने ”Kanji” को संख्या २००० भन्दा धेरै हुन्छ।)

※मेरो नेपाली भाषाको सिमित भएकोले व्याकरण र शब्द mistake हुन सक्छ।   

コメント

人気の投稿